२४ जेठ २०८३, आइतबार

कञ्चनपुरको लालझाँडीमा माओवादी केन्द्र विजयी

कात्तिक २०, २०७४
कञ्चनपुरको लालझाँडीमा माओवादी केन्द्र विजयी

कञ्चनपुर, १७ असार -लालझाँडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी भएका छन् ।

शुक्रबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणामानुसार लालझाँडी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मदन बडायक र उपाध्यक्षमा माओवादीकै सत्यादेवी महरा विजयी भएका हुन् ।

लालझाँडी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार बडायक आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका निर्मल रानालाई १४५ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

बडायकले दुई हजार ५०९ र रानाले दुई हजार ३६४ मत तथा उपाध्यक्षमा माओवादी केन्द्रका सत्यादेवी महराले दुई हजार ३४५ र उनका निकटम् प्रतिद्वन्द्वी एमालेकी फरिता चौधरीले दुई हजार २२१ मत ल्याईन् । लालझाँडीमा माओवादी केन्द्र र काँग्रेस तीन तीन वडामा विजयी भएका छन् । माओवादी केन्द्र ३, ४ र ६ काँग्रेस १, २ र ५ मा विजयी भएका हुन् । माओवादी केन्द्रबाट क्रमशः वडा नं ३ मा टीकाराम चौधरी, ४ मा बहादुर राना र ६ मा पोतिलाल चौधरी तथा काँग्रेसबाट वडा नं १ र २ मा क्रमशः हेमराज र राना राजा राना तथा ५ मा नन्दलाल अवस्थी निर्वाचित भए ।

लालझाँडीमा १० हजार आठ हजार ५१ मतदातामध्ये आठ हजार नौ सय ६२ मत खसेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्