०७ असार २०८३, आइतबार

पछिल्लो मतगणना अपडेट : नगरपालिकामा कांग्रेसले धेरै जित्दा अध्यक्षमा एमाले पहिलो

कात्तिक २०, २०७४
पछिल्लो मतगणना अपडेट : नगरपालिकामा कांग्रेसले धेरै जित्दा अध्यक्षमा एमाले पहिलो

काठमाडौं, १७ असार– असार १४ मा सम्पन्न दोस्रो चरणको चुनावको मतगणना जारी छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा मतगणना जारी रहँदा नेकपा एमालेले अग्रता बनाएको छ ।

नेपाली कांग्रेसले दोस्रो स्थान हात पार्दा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । संघीय समाजवादी फोरम, जनमोर्चाले एक एक स्थानीय तहमा जीत हात पारेको छ ।

३ सय ३४ स्थानीय तहमध्ये १ सय १९ मेयर र २ सय १५ अध्यक्ष छानिने छन् ।

पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसले धेरैवटा नगरपालिकामा जित हात पारेको छ । कांग्रेसले ६ नगरपालिकामा जित निकाल्दा नेकपा एमालेले तीन नगरपालिकामा जित निकालेको छ ।

त्यस्तै गाउँपालिकाको अध्यक्षमा भने नेकपा एमालेले अग्रता लिएको छ । एमालेले ३१ गाउँपालिकामा जित्दा नेपाली कांग्रेसले २३ गाउँपालिकामा जित निकालेको छ ।

नेपाली कांग्रेसले ६ स्थानमा उपमेयर जित्दा नेकपा एमालेले ४ स्थानमा उपमेयर जितेको छ । यस्तै एमालेले ३४ गाउँपालिकामा उपाध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले १८ उपाध्यक्षमा जीत निकालेको छ ।

कमेन्ट गर्नुहोस्