११ साउन २०८३, सोमबार

उम्मेदवारलाई जिताउन चुनाव प्रचारमा गएका यी नेतालाई मतदाताले जुत्ता देखाएपछि ...

माघ २०, २०७८
उम्मेदवारलाई जिताउन चुनाव प्रचारमा गएका यी नेतालाई मतदाताले जुत्ता देखाएपछि ...

चुनाव प्रचारका क्रममा नेता–कार्यकर्ता र मतदातामा उत्साह हुन्छ तर उत्साह सँगसँगै असन्तुष्टि समेत देखिन्छ ।

भारतको उत्तर प्रदेशमा उतिबेला विधानसभाको चुनाव धुमधामसँग भइरहेको छ ।

उत्तर प्रदेशको नोएडामा रक्षामन्त्री राजनाथ सिंहका छोरा भारतीय जनता पार्टी (भाजपा) उम्मेदवार पंकज सिंहको प्रचारमा गएका नेता मनोज तिवारीलाई मतदाताले जुत्ता देखाएका छन् ।

नोएडाको सेक्टर–१७ मा भइरहेको चुनाव प्रचारका क्रममा स्थानीयले नेता तिवारीलाई जुत्ता देखाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कतिपय मतदाताले भाजपाको प्रतिस्पर्धी पार्टी समाजवादी पार्टी (सपा) प्रमुख अखिलेश यादवको पक्षमा नाराबाजी गर्दै भाजपाको विरोध गरेका छन् ।

नेता मनोज तिवारीको प्रचारमा स्थानीयले विरोध गरेको भिडियो भाइरल भइरहेको छ । तिवारी भारतको केन्द्रीय राजधानी नयाँदिल्लीका भाजपा नेता हुन् ।

विधानसभा चुनाव प्रचारका क्रममा कोरोना महामारीको सुरक्षा मापदण्डको समेत उल्लंघन गरिएको छ । नोएडामा पूर्वाञ्चल र विहारबाट बसाइ सरेर आएकाहरूको बसोबास छ ।

नेता तिवारी आउने प्रचारपछि कार्यक्रममा धेरै भीड देखिएको समाचारमा उल्लेख छ । भीडभाड हुँदा कोरोना मापदण्डको उल्लंघन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्