११ असार २०८३, बिहीबार

गोर्खा फन्डले मेचीनगरका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने

गोर्खा फन्डले मेचीनगरका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने
प्रतिकात्मक तस्वीर

बेलायतको फोक्सटन नगरपालिकाका पूर्व काउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने घोषणा गरेका छन् ।

मेचीनगर–१० काँकडभिट्टा निवासी उनी ब्रिटीश गोर्खा सेनाबाट निवृत्त भई हाल बेलायतमा बसोबास गर्छन् । उनी बेलायतमा रहेर गठन गरेको गोर्खा मेमोरियल फन्डको अध्यक्ष हुन् ।

बेलायतमा नगरको पूर्व काउन्सिलर पदमा निर्वाचित हुने उनी पहिलो नेपाली हुन् ।

हाल नेपाल भ्रमणमा आएका उनले काँकडभिट्टामा गोर्खा मेमोरियल फाउन्डेसन नेपालले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेचीनगरका सरकारी विद्यालयमा कम्प्युटर शिक्षालाई सहज बनाउन कम्प्युटर ल्याब स्थापनामा सहयोग गर्ने घोषणा गरेका छन् ।

सन् २०२४ देखि मेचीनगरका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिने परियोजना शुरू हुने र यसका लागि तयारी भइरहेको उनले जानकारी दिए ।

मेचीनगर र बेलायतको फोक्सटन सिटीबीच उनकै पहलमा भगिनी सम्बन्ध स्थापना भइसकेको छ । ४ वर्षअघि उनकै पहलमा फन्डले काँकडभिट्टा उच्च माध्यमिक विद्यालयलाई २७ लाख रुपैयाँको लागतमा ३१ आधुनिक कम्प्युटर र सीसीटीभी सहयोग गरेर कम्प्युटर ल्याब स्थापना गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्