सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम समेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टील लिमिटेडले विशेष आफ्ना ठेकेदारहरुलाई लक्षित गर्दै एक प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम मार्फत कम्पनीले “सर्वाेत्तमको न्यानो सौगात” नामक योजनाको समेत सुरुवात गरेको छ ।
कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरुले आफ्नो साइट रजिष्टर गराए बापत सर्वाेत्तम स्टीलको तर्पmबाट ट्रयाक–सुट उपहार तथा सार्वाेत्तम सिमेन्टको तर्पmबाट ट्रयाक–सुटका साथै कुनैपनि किसिमका दुर्घटना विरुद्ध रु. ७ लाखको बीमाको सुविधा पाउनेछन् ।
हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका १००० ठेकेदारहरुका लाागि बीमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको छ । यसरी आफ्नो साइट रजिष्टर गराई योजनाको फाइदा लिन ९८०२३२०६०१ मा सम्पर्क गर्न सकिनेछ ।
यसका साथै, सोही कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड ई. अभिषेक झा द्वारा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिम समेत प्रदान गराइएको थियो ।