१५ असार २०८३, सोमबार

नेप्सेको सीईओमा पाल्पाका कृष्ण बहादुर कार्की नियुक्त

नेप्सेको सीईओमा पाल्पाका कृष्ण बहादुर कार्की नियुक्त

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पाल्पा रिब्दीकोट वडा नम्बर ७ का कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।

कार्कीलाई १७ माघको मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गरेको हो । नेप्सेका सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएपछि ८ भदौदेखि सीईओ पद खाली थियो । शेयरको भित्री कारोबार गरेको आरोप लागेपछि साउदले पदबाट राजीनामा दिएका थिए । 

५ महिना भन्दा लामो समयदेखि रिक्त रहेको नेप्सेको सीईओ पदमा तीन जनाले प्रतिस्पर्धा गरेको थिए । प्रतिस्पर्धामा कार्की, डा. केशव श्रेष्ठ र रमेश भण्डारी थिए । भण्डारी र श्रेष्ठलाई पन्छाएर कार्की नेप्सेको सीईओ बन्न सफल भएका छन् । 

सरकारबाट ४ वर्षका लागि नेप्सेको सीईओमा नियुक्ति पाएका कार्कीले यस अघि बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रमुखको रूपमा काम गरिसकेका छन् । कार्की अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण हुन् । 

salt training

कमेन्ट गर्नुहोस्