बैतडी, १७ असार– बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
शिवनाथको अध्यक्षमा कांग्रेसका कर्णसिंह साउद २ हजार ३ सय ५१ मत प्राप्त गरी वजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भरत मडैले २ हजार ३ सय १४ मत प्राप्त गरे । एमाले उम्मेदवार मडै ३७ मतेले मात्र अध्यक्षमा पराजित भए ।
उपाध्यक्षमा भने नेका एमालेकी कुश्मा चन्द २ हजार ३ सय ६८ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी झापु महाले २ हजार १ सय १४ मत प्राप्त गरिन् ।