१५ असार २०८३, सोमबार

सलमानको ट्युबलाइट फ्युज हुँदा बाहुबलीलाई फाइदा

कात्तिक २०, २०७४
सलमानको ट्युबलाइट फ्युज हुँदा बाहुबलीलाई फाइदा

मुम्बई – सलमान खानको फिल्म ‘ट्युबलाइट’ ले भारतीय बक्स अफिसमा राम्रै कमाउने आशा गरिएको थियो । तर फिल्मले सोचेअनुसारको व्यापार गर्न सकेन । ‘बाहुबली २’ लाई भने यसको पूरै फाइदा भयो । अन्तराष्ट्रिय बजारमा चलचित्र बाहुबली २ ले अझ राम्रो व्यापार गर्ने मौका पायो ।

रिलिज मितिदेखि नै ‘बाहुबली २’ बक्स अफिसमा राम्रो कमाइ गर्ने फिल्म बनिरहेको छ । यो फिल्मको रिलिजपछि जम्मा दुई सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गरेका छन् । इरफान खानको हिन्दी मिडियम र हाफ गर्लफ्रेन्डले राम्रो व्यापार गरे । अब ‘बाहुबली २’ ताइवानमा रिलिज भएको छ । त्यस्तै यो सिनेमा चीनमा ४ हजार स्क्रिनमा रिलिज हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्