
हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा शुक्रवार राति गाडीले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सम्सी गाउँपालिका–४, गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।
हुलाकी सडकखण्डको सम्सीबाट रघुनाथपुर जाँदै गरेको ज१च ११६४ नम्बरको पिकअप गाडीले सोनमा–३ स्थित सडकमा विपरीत दिशाबाट साइकलमा आउँदै गरेका वीरेन्द्रलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
गाडी चालक फरार छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।