०७ असार २०८३, आइतबार
दुर्घटना अपडेट

विवाहको जीप दुर्घटनामा बेहुला–बेहुली घाइते, मृतक ८ जनाको सनाखत [नामसहित]

विवाहको जीप दुर्घटनामा बेहुला–बेहुली घाइते, मृतक ८ जनाको सनाखत [नामसहित]
प्रतिकात्मक तस्वीर

प्यूठानको लुङमा विवाहको जीप दुर्घटना हुँदा मृत्यु भएका ८ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानले दुर्घटनाबारे जानकारी दिँदै बेहुला र बेहुली घाइते भएका जनाएको छ ।

गौमुखी–६ ओखरपाटाबाट बेहुली लिएर फर्कंदै गरेको ग१ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको हो । दुर्घटनाका घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक ८ जना र घाइते ५ जनाको नामावली सार्वजनिक गरेको छ ।

मृतकको नामावली

१.    जि.प्यूठान गौमुखी गा.पा.६ लिवाङ बस्ने वर्ष ३९ को बसन्त खड्का (उपचारका क्रममा मृत्यु )

२    ऐ.ऐ बस्ने निजको छोरी वर्ष ११ को एलिसा खड्का । (उपचारका क्रममा मृत्यु ) 

३     जिल्ला प्यूठान गौमुखी गा.पा. वडा नं. ६ लिवाङ बस्ने वर्ष ३९/४० की बसन्ती खड्का । (घटनास्थलमा मृत्यु) 

४    ऐ.बस्ने वर्ष २९ की केसरी खड्का । (घटनास्थलमा मृत्यु)

५    ऐ.बस्ने वर्ष ५०/५२ को बल बहादुर बुढामगर । (चालक)  (घटनास्थलमा मृत्यु)

६    ऐ.बस्ने वर्ष ३२ को खिम बहादुर खत्री  (घटनास्थलमा मृत्यु)

७    ऐ.बस्ने वर्ष ५२ की नन्दी खड्का । (घटनास्थलमा मृत्यु)

८     वर्ष अं. २०/२२ की महिला नाम सनाखत हुन बाँकी । (घटनास्थलमा मृत्यु)

जिल्ला अस्पताल बिजुवार प्यूठानमा पुगेका घाइतेहरू

१.    जिल्ला प्यूठान नौबहिनी गा.पा.वडा नं. ६ किमिचौर बस्ने वर्ष २० की रिमा जि.सी. । अवस्था गम्भीर । (बेहुली) 

२.    ऐ. बस्ने वर्ष २५ की सावित्रा जि.सी. । चोट अवस्था गम्भीर ।

३.    जिल्ला प्यूठान गौमुखी गा.पा. वडानं. ६ लिवाङ बस्ने वर्ष १७ को नरेश खड्का । (अवस्था गम्भीर ) । 

४.    ऐ.बस्ने वर्ष २५ को दान बहादुर खड्का । ( बेहुला)  (अवस्था मध्यम )

५.    ऐ.बस्ने वर्ष २१ की हरि बुढामगर । (अवस्था गम्भीर)

salt training

कमेन्ट गर्नुहोस्