
तनहुँको व्यास नगरपालिकाको शुक्रवार सम्पन्न ३६औं नगर सभाले ४ विधेयक र ३ संशोधन ऐन पारित गरेको छ ।
स्थानीय बजार व्यवस्थापन विधेयक २०७८, व्यास नगरपालिका सुशासन विधेयक २०७८, खेलकुद विकास विधेयक २०७८ र कर्मचारी कल्याण कोष सञ्चालन (कार्यविधि) विधेयक २०७८ पारित गरेको हो ।
आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८, व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन २०७८ (संशोधन) गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को लागि ३५औं नगर सभामा नगर प्रमुख बैकुण्ठ न्यौपानेबाट प्रस्तुत नीति तथा कार्यक्रम र समीक्षात्मक प्रतिवेदन संशोधन सहित पारित गरेको छ ।
आव २०७८/०७९ का लागि उपप्रमुख मीरा जोशीबाट प्रस्तुत १ अर्ब ७७ करोड ८९ लाख १२ हजारको संशोधित बजेट तथा कार्यक्रम संशोधनसहित पारित गरिएको छ ।