११ असार २०८३, बिहीबार

हिमपात भएका बेला सावधानी अपनाउन प्रशासनको आग्रह

हिमपात भएका बेला सावधानी अपनाउन प्रशासनको आग्रह
फाइल फोटो

लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ ।

बिहीवारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

बैतडीका अधिकांश क्षेत्रमा हिमपात भएको छ ।  

अत्यधिक चिसो बढेकाले सकेसम्म बाहिर नहिन्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । हिमपातका कारण यातायात समेत अवरुद्ध भएकाले यस्तो अवस्थामा यात्रामा ननिस्कन आग्रह गरिएको हो ।  

शनिवारसम्म मौसममा सुधार नहुने र चिसो समेत बढिरहेकाले वृद्धवृद्धा तथा बालबालिकाहरूलाई बढी समस्या हुन सक्ने भन्दै न्यानो लुगाका साथै तातो झोलिलो खाने कुरामा खुवाउन जोड दिन समेत अनुरोध गरिएको छ । 

हिमपातका कारण बैतडीको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको हो ।

हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको दशरथचन्द नगरपालिका–१ मुस्याचौरका महेश भट्टले बताए । उनले भने, ‘वर्षा र हिमपातले अत्यधिक चिसो बढाएको छ । बाहिर निस्कनै मुस्किल भएको छ ।’

वर्षासँगै हिमपात भएपछि किसानहरू खुशी भएका छन् । हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुशी भएका हुन् ।

बैतडीमा तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्