१६ असार २०८३, मंगलबार

सुटकेसमा बन्द गरेर प्रेमिकालाई होस्टेल बाहिर निकाल्न थालेपछि...

माघ २२, २०७८
सुटकेसमा बन्द गरेर प्रेमिकालाई होस्टेल बाहिर निकाल्न थालेपछि...

फेब्रुअरी महिनालाई प्रेमको महिना मानिन्छ । यो महिनामा केटा र केटीले एकअर्कालाई आफ्नो भावना व्यक्त गर्छन् ।

यो पूरै महिना प्रेमको मानिने भए पनि ७ देखि १४ तारिखसम्मको एक साता प्रेम गर्नेहरूका लागि विशेष हुन्छ ।

यो हप्तालाई भ्यालेन्टाइन वीक पनि भनिन्छ । माया गर्ने जोडीले एकअर्कालाई माया व्यक्त गर्छन् । 

जोडीहरू एकअर्कासँग समय बिताउने नयाँ तरिकाहरू पनि खोज्छन् । सामान्यतया प्रेमी जोडीले आफ्नो पार्टनरलाई भेट्न पार्क, मल वा सिनेमा हल रोज्छन् तर अहिले सामाजिक सञ्जालमा एउटा घटनाले चर्चा पाएको छ । 

यो मायालु जोडीले भेट्नको लागि सबैभन्दा फरक ठाउँ रोजेपछि यो जोडी  चर्चाको विषय बनेको हो । 

भएको के हो ?

एक विद्यार्थीकी प्रेमिका उनको होस्टलमा भेट्न आउँछिन् । कुराकानी गर्दा समय गएको पत्तो हुँदैन उनीहरूलाई । जब युवती घर जाने बेला भयो दुवैलाई समस्या भयो कि होस्टेलबाट बाहिर कसरी निस्कने ? ती युवक चाहन्थे कि केटी बाहिर निस्कियोस् र कसैले थाहा पनि नपाओस् । उनले आइडिया निकाले । 

उनले आफ्नी प्रेमिकालाई सुटकेसमा थुनेर कोठाबाट बाहिर निकाले । उनी होस्टेलबाट निस्कँदै गर्दा केयरटेकरले उनलाई देखे । 

केयरटेकरले सुटकेसमा के छ भनेर सोध्दा युवकले अनलाइन अर्डर गरेको हो, त्यही सामान हो भनी जवाफ दिए । 

मिडिया रिपोर्टका अनुसार केयरटेकरलाई केटामाथि शंका लागेपछि उनले सुटकेस खोल्न भने । शुरूमा केटाले सुटकेस खोल्न मानेनन् तर झोला खोल्नुपर्‍यो । 

सुटकेस खोल्ने बित्तिकै केयरटेकरले जे देखे उनी छक्क परे । सुटकेस खोल्ने बित्तिकै त्यसबाट एउटी केटी बाहिर निस्किन् । 

केयरटेकर सुटकेसमा केटी कसरी फिट भइन् भनेर छक्क परे । 

यद्यपि यी दुईको नाम के हो र कुन कलेजका विद्यार्थी हुन् भन्ने खुल्न सकेको छैन ।

होस्टेल व्यवस्थापनले तत्काल कारवाही गर्दै दुवैलाई आ–आफ्नो होस्टलबाट निलम्बन गरेको छ ।

अहिले उनीहरू आ–आफ्नो घर फर्किएका छन् । सबैभन्दा अचम्मको कुरा के हो भने यो भिडियो बिना मिति सामाजिक सञ्जालमा शेयर गरिएको छ । 

यो विषय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियो सन् २०१९ देखि इन्टरनेटमा उपलब्ध रहेको बताइएको छ तर यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । 

यो भिडियो कहिले र कहाँ खिचिएको हो भन्ने टुंगो लागेको छैन । केही रिपोर्टमा यो कर्नाटकको केही होस्टेलको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्