१० असार २०८३, बुधबार

जनकपुरमा धनुष आकारको शहीद गेट

जनकपुरमा धनुष आकारको शहीद गेट

जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण योजना मानिएको धनुष आकारको शहीद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ । मधेश प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेस शहीद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर वीरेन्द्रकुमार यादवले बताए । 

ढल्केवर–जनकपुर ६ लेन सडकको मुजेलियामा निर्माणाधिन मधेश शहीद गेटमा रंग लगाउने, भगवान् राम र शहीदको प्रतिमा स्थापनाको काम बाहेक सम्पूर्ण कार्य सकिएको उनले बताए । 

जनकपुरधाम उपमहानगरपालिकाको करीब चार करोडको लागतमा निर्माण भइरहेको शहीद गेट केही दिनभित्रै सम्पन्न हुने वरिष्ठ इञ्जिनियर यादवको भनाइ छ ।

धार्मिक पर्यटकीय नगरीका रुपमा परिचिति मधेश प्रदेशको राजधानी जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धार्मिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्किने गरी उपमहानगरपालिकाले धनुष आकारको शहीद गेट निर्माण गर्न लागेको छ । -रासस

salt training

कमेन्ट गर्नुहोस्