०५ असार २०८३, शुक्रबार

२४ घण्टामा थपिए १७१४ संक्रमित, ९ जनाको मृत्यु

२४ घण्टामा थपिए १७१४ संक्रमित, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा एक हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ नमूना परीक्षणमध्ये ११०३ पीसीआर र ६११ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ८०३ छ । 

मन्त्रालयका अनुसार थप ४७७१ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ६३९ पुगेको छ । 

हाल मुलुकभर ५२ हजार ७८० सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्