१५ असार २०८३, सोमबार

मौसममा सुधार

मौसममा सुधार

शुक्रबारदेखि भएको वर्षापछि प्रतिकुल बनेको मौसम खुल्न थालेको छ । आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यद्यपि अझै पनि देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । महाशाखाका अनुसार आइतबार बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  यस्तै राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्