१५ असार २०८३, सोमबार

सारेगमप लिटिल च्याम्प्सको च्याम्पियन बनिन् कृपा पौडेल

सारेगमप लिटिल च्याम्प्सको च्याम्पियन बनिन् कृपा पौडेल

बालबालिकाको गायनसम्बन्धी रियालिटी सो सारेगमप लिटिल च्याम्प्सको उपाधि कृपा पौडेलले जितेकी छन् । गएराति सम्पन्न शोको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै पौडेलले उपाधि जितेकी हुन् ।
उनले नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्याम्पर पाइन् । सेकेण्ड रनरअप आदित्य विश्वकर्मा बने भने रोशा फुयाल फस्ट रनरअप बनिन् ।

दर्शकले दिएको भोटको आधारमा विजेता घोषणा गरिएको हो । यस्तै अभिज्ञा घिमिरे र अरुण सुनार उत्कृष्ट ५ मा सीमित भए ।

salt training

कमेन्ट गर्नुहोस्