११ असार २०८३, बिहीबार

बुटवलमा दुर्घटना हुँदा १ युवकको मृत्यु

बुटवलमा दुर्घटना हुँदा १ युवकको मृत्यु
प्रतिकात्मक तस्वीर

बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा १ युवकको मृत्यु भएको छ ।

शनिवार राति १२ बजे भएको दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नम्बरको जीपले विपरीततर्फ दिशाबाट आउँदै गरेको आचार्य सवार लु२४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा  लुम्बिनी प्रादेशिक अस्पतालमा शनिवार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्