नेपालगञ्ज १७ असार– बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवारले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । शनिवार दिउँसोसम्मको मतगणनामा राप्रपाका उम्मेदवार धवल शमशेर राणाले ४ हजार ६३ मत प्राप्त गरेका छन् ।
दोस्रोमा रहेका नेपाली काग्रेसका सुरेशकुमार कानोडियाले २ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका दामोदर आचार्य २ हजार १ सय ११ मत सहित तेस्रोमा छन भने एमालेका शम्सुद्धिन सिद्दीकी चौथो स्थानमा छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसकी उमा थापामगर ३ हजार २ सय ८ मत सहित अग्रस्थानमा छिन् ।