
सोमालियाको राजधानी मोगादिसुमा शनिवार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको सोमालियाका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार शनिवार एक सवारी साधनलाई गुडिरहेका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो ।
एकजना सैनिक जर्नेलले सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा एक सवारी साधनलाई विद्युतीय धरापमा पारेर हत्या गरिएको बताएका छन् ।
उनले यसरी मृत्य हुनेमा चार जना महिला र एक बालक पनि परेका छन् । एक भ्यानमा रहेका उनीहरूको सडकमा लुकाएर राखिएको विद्युतीय धरापमा परी विस्फोट हुँदा ज्यान गएको हो ।
ती सैनिक जर्नेलले अल सेबाब मिलिसिया समूहका सदस्यले सो हत्या गरेको अनुमान गरिएको छ । तर, उनीहरूले भने यसको जिम्मेवारी लिएका छैनन् ।
सोमालियामा पछिल्ला केही वर्षयतादेखि अल सेबाब नामको आतंककारी समूहले यस्तो हिंसात्मक घटनाहरू गराएकाले यसमा पनि उनीहरूकै हात रहेको अनुमान गरिएको ती सैनिक जर्नेलले जनाएका छन् । -रासस/सिन्हवा