०७ असार २०८३, आइतबार

जगदम्बा स्टिलले पहिलो पटक तेस्रो देशमा थाल्यो निर्यात

जगदम्बा स्टिलले पहिलो पटक तेस्रो देशमा थाल्यो निर्यात

जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । 

जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरूको लोकप्रियता तथा माग विदेशमा समेत बढ्दै गएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरू तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा परीक्षित तथा अनुमोदित भएको छ ।

तेस्रो देशमा निर्यात थालनीको अवसरमा बोल्दै शंकर ग्रुपका  अध्यक्ष शंकरलाल अग्रवालले उपभोक्ताको सन्तुष्टिका लागि गुणस्तरको प्रतिबद्धता पहिलो प्राथमिकता रहेको बताए । 

‘नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ,’ उनले भने, ‘यससँगै गुणस्तरको निरन्तरताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरू उपभोक्तामाझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ ।’

कमेन्ट गर्नुहोस्