१७ असार २०८३, बुधबार

राष्ट्रिय पुस्तक दिवस सम्पन्न

राष्ट्रिय पुस्तक दिवस सम्पन्न


सरस्वती पूजा/श्रीपञ्चमी/वसन्तपञ्चमी तथा नवौं राष्ट्रिय पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौं शाखाले आइतबार एक कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा विभिन्न प्रकाशन गृहबाट प्राप्त भएका ३५० शीर्षकका १२०० थान, सात लाख पचास हजार मूल्य बराबरका पुस्तक कारागारमा कैदी जीवन बिताइरहेका व्यक्तिहरुका लागि हस्तान्तरण गरिएको छ ।

 महासंघका महासचिव शिवसागर शर्माको विशेष उपस्थितिमा राजनैतिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, व्यक्तित्व विकास, भाषा र सकारात्मक सोच अभिवृद्धि गर्ने प्रकृतिका पुस्तकहरू डिल्लीबजार कारागारका प्रमुख वसन्त राज पुरीलाई हस्तान्तरण गरिएको हो ।

 कार्यक्रममा कारागार प्रमुख पुरीले राज्यले गर्न नसकेको काम नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले गरेको भन्दै प्रशंशा गरे ।
जेल जीवन बिताइरहेका कैदीहरुलाई यस्ता पुस्तकले ज्ञान बढाउन गुणस्तरीय समय बनाउन महत्वपूर्ण भूमिका खेल्नेसमेत बताए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले हरेक वर्ष श्रीपञ्चमीलाई राष्ट्रिय पुस्तक दिवसका रुपमा मनाउँदै आइरहेको छ । व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत देशैभरिका जिल्ला शाखाहरुले पठन संस्कृतिको विकास र पुस्तकको महत्व बढाउन विभिन्न रचनात्मक कार्यक्रमहरु सम्पन्न गरेको महासचिव शर्माले जानकारी दिए ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्र, प्रदेश र जिल्ला शाखाका पदाधिकारी, सदस्य तथा पुस्तक व्यवसायी, जेल प्रशासन तथा जेलका आन्तरिक कर्मचारी तथा कैदीहरुको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्