११ असार २०८३, बिहीबार

चुरे गाउँपालिकामा एमाले विजयी, उपाध्यक्षमा पनि एमाले नै

कात्तिक २०, २०७४
चुरे गाउँपालिकामा एमाले विजयी,  उपाध्यक्षमा  पनि एमाले नै


धनगढी, १७ असार - कैलालीको पहाडी क्षेत्रको चुरे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का प्रत्यासी विजयी हुनुभएको छ ।UML-Ballot

एमालेका धनबहादुर रोक्कामगर दुई हजार ५६१ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको निर्वाचन अधिकृत कृष्णबहादुर बोहराले बताउनुभयो ।

विजयी रोक्कामगरका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका टीकाराम ढुङ्गानाले दुई हजार ३६६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै दीपा साउदले दुई हजार ६११ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिनिधि काँग्रेसका धना थापामगरले दुई हजार ३७६ मत प्राप्त गर्नुभएको छ ।

यसअघि, आजै कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रामकृष्ण चौधरी तीन हजार ४३२ मत र उपाध्यक्षमा काँग्रेसकै गीता कठरिया तीन हजार ५६८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

कैलालीका १३ स्थानीय तहमध्ये १२ तहको निर्वाचनको मतगणना जारी रहेको छ ।

यता ७ नं प्रदेशको एकमात्र उपमहानगर धनगढीको पछिल्लो मत परिणामअनुसार काँग्रेसका प्रमुखका प्रत्यासी नृप ओडले दुई हजार ६६१ मत र उपप्रमुखमा सुशीला मिश्र भट्टले दुई हजार ९५५ले अग्रता लिइरहनुभएको छ । प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दुई हजार १२६ मतले पछ्याइरहनुभएको छ । प्रमुखमा एमालेका दुर्गा जोशीले दुई हजार पाँच मत ल्याउनुभएको छ । उप्रमुखमा एमालेकी रुक्मिणी देवकोटाले दुई हजार ५२१ मत प्राप्त गर्नुभएको छ ।

शनिबार साँझसम्मको मतगणनामा कैलालीको धनगढी उपमहानगर, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र कैलारी गाउँपालिकामा काँग्रेसले, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा एमाले, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमले र गौरीगङ्गा नगरपालिका, मोहन्याल गापा र घोडाघोडी नपामा माओवादी केन्द्रले अग्रता लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्