२२ जेठ २०८३, शुक्रबार

केपी ओलीली बाँडे साइकल

कात्तिक २०, २०७४
केपी ओलीली बाँडे साइकल


काठमाडौँ, १७ असार - नेपालका भूकम्प प्रभावित क्याम्पस तहका ३०० विद्यार्थीका लागि एक चिनियाँ संस्थाले साइकल प्रदान गरेको छ । सिआरआई चाइनिज फान्डेसनले ती साइकल उपलब्ध गराएको हो ।

मदन भण्डारी मेमोरियल फाउन्डेसनको आयोजना र मदन भण्डारी स्पोर्टस एकेडेमीको व्यवस्थापनका आज यहाँ आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका वडा नं १, २ र ३ का भूकम्प प्रभावितका ३०० विद्यार्थीलाई सो साइकल हस्तान्तरण गरिएको हो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमबीच ती साइकल हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष ओलीले नेपाल र चीनबीच सरकार र जनस्तरमा कायम रहँदै आएको सम्बन्धबारे चर्चा गर्दै भूकम्पपछिको अवस्थामा नेपाललाई चीनबाट प्राप्त सहयोगको सराहना गर्नुभयो । उहाँले सो सहयोगलाई भावनात्मक सहकार्यका रुपमा लिई आफ्नो उच्च शिक्षाको पढाइ पूरा गर्न विद्यार्थीहरुलाई सुझाव पनि दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्