बैतडी, १७ असार - मेलौली नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

मेलौली नगर प्रमुखमा काँग्रेसका कृष्णसिंह नायक दुई हजार ३४४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का भीमबहादुर चन्दले दुई हजार १५२ मत प्राप्त गर्नुभयो ।
नगर उपप्रमुखमा काँग्रेसकी राधा ओझा दुई हजार ६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मानमति भट्टले दुई हजार १८ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।