अमेरिका, १७ असार - संयुक्त राज्य अमेरिकाको लिटिल रकस्थित एक रात्रिक्लवमा हनिबार विहानीपख भएको आक्रमणमा १७ जना घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ ।

शहरको प्रहरी प्रमुख केन्टन बकनरले अमेरिकी अधिकारीले घटनामा धेरै जनाको समूहको सम्लग्नता रहेको भएपनि यसमा आतङ्ककारी समूहको सम्लग्नता भएको हुनसक्ने कुरालाई अस्वीकार गरेका छन् ।
पावर अल्ट्रा लज नाम गरेको क्लव राज्यको राजधानीभन्दा करिब डेढ किलोमिटर टाढा भएको र कन्सर्टमा दुई समूहवीच भएको भडपले उग्ररूप लिँदा भएको प्रहरीको दावी छ ।
घटनामा घाइतेमध्ये सवैजना खतरामुक्त रहेको पनि प्रहरीले ट्वीटरमार्फत जनाएको छ ।