०५ असार २०८३, शुक्रबार

विराटनगरको नतिजाको लागि तीन साता प्रतीक्षा गर्नुपर्ने !

कात्तिक २०, २०७४
विराटनगरको  नतिजाको लागि  तीन साता प्रतीक्षा गर्नुपर्ने  !
विराटनगर, १८ असार- अहिलेकै गतिमा मतगणना जारी रहे विराटनगर महानगरपालिकाको अन्तिम परिणामका लागि कम्तीमा ५ सय ४ घन्टा अर्थात् तीन साता प्रतीक्षा गर्नुपर्ने देखिन्छ । ८० हजार ४ सय ७७ मत खसेको विराटनगरमा सात केन्द्र बनाएर मतगणना गरिँदै छ , नयाँ पत्रिकामा खबर छ ।

गत बिहीबार साढे ४ बजेबाट सुरु भएको मतगणनामा शनिबार साढे ४ बजेसम्म करिब आठ हजार मत मात्रै गणना भएका छन् । यही रफ्तारमा पूरै मतगणना सकिन २१ दिन कुर्नुपर्नेछ । विराटनगर उपमहानगरमा १९ वडा छन् । एउटा वडाको मत गन्न कम्तीमा पाँच दिन लाग्ने देखिएको छ ।

मुख्य निर्वाचन कार्यालयले मतगणना छिटो सक्न गणना केन्द्र बढाउने प्रयास गरेको छ । तर, कर्मचारी अभाव भएकाले गणना केन्द्र थपिन सकेका छैनन् । निर्वाचन कार्यालय मोरङका अनुसार जिल्लाका सबै तहको मतगणना गर्न ८५ टिममा तीन सय गणक तीन सिफ्टमा खटिएका छन् । क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले मतगणना छिटो गर्न कर्मचारीको संख्या बढाइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्