०२ असार २०८३, मंगलबार

धरान र इटहरी दुवै उपमहानगरमा एमालेको अग्रता

कात्तिक २०, २०७४
धरान र इटहरी दुवै उपमहानगरमा एमालेको अग्रता

इटहरी, १८ असार –सुनसरी जिल्लाको दुई उपमहानगर धरान र इटहरी दुवैमा नेकपा एमालेले अग्रता हासिल गरेको छ । मतगणनाको पछिल्लो सार्वजनिक नतिजा अनुसार दुवै उपमहानगरमा एमालेले अग्रता लिएको हो ।

इटहरी उपमहानगरमा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार द्वारिकलाल चौधरीले पाँच हजार ८३३ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका निकटतम् प्रतिद्घन्द्घी रोहितकुमार प्रसाईले पाँच हजार ८०४ मत ल्याएका छन् ।

त्यस्तै, सोही उपमहानगरको उपप्रमुखमा पनि पनि एमालेकै अग्रता देखिएको छ । एमालेबाट उपप्रमुखकी उम्मेदवार लक्ष्मी गौतमले पाँच हजार २९५ मतसहित अग्रता लिएकी छिन् । उनका निकटतम् प्रतिद्घन्द्घी बिमला ढकालले पाँच हजार २७२ मत ल्याएकी छिन् ।

यसैगरी, धरान उपमहानगरपालिकामा पनि एमालेकै अग्रता देखिएको छ । उक्त दलबाट उपमहानगरमा मेयरका उम्मेदवार तारा सुब्बाले तीन हजार ७७३ मत ल्याएकी छिन् । उनका निकटतम् प्रतिद्घन्द्घी नेपाली कांग्रसका तिलक राईले ३ हजार २८४ मत ल्याएका छन् ।


उक्त उपमहानगरको उपप्रमुखमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेबाट उपप्रमुखका उम्मेदवार मञ्जु भण्डारीले चार हजार ४१२ मत ल्याई अग्रता लिएकी छिन् । उनका निकटतम् प्रतिद्घन्द्घी कांग्रेसका श्यामा रेग्मीले चार हजार १०८ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्