
इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
१०७ वर्षीय टंकनाथ भुर्तेलको मृत्यु भएको हो । उनको शनिवार बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो ।
उनको शनिवार बिहान ७ः३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ ।
उनको शनिवार नै माइखोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिने बताइएको छ । उनका ५ छोरा र २ छोरी छन् । उनी वृद्ध भएकै कारण र जिल्लाकै बढी उमेरका कारण उनीसँग धेरैले आशिष थाप्न र भेट्न जाने गरेका थिए ।