१० असार २०८३, बुधबार

एमसीसी संशोधन गरेर मात्रै पास गर्न माग गर्दै देशभर प्रदर्शन

एमसीसी संशोधन गरेर मात्रै पास गर्न माग गर्दै देशभर प्रदर्शन

नेकपा (एकीकृत समाजवादी)का मोर्चा सङ्गठनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्र हितको पक्षमा आवश्यक संशोधन गर्न माग गर्दै आज देशभर प्रदर्शन गरेको छ । पार्टीका सबै जनवर्गीय सङ्गठनद्वारा सबै जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गरिएको कार्यक्रममा उक्त परियोजना मुलुकको हितमा नरहेकाले अगाडि नबढाउन माग गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  

    काठमाडौँको माइतीघर मण्डलामा समेत गरिएको प्रदर्शनमा पार्टीका उपाध्यक्ष जयन्ती राई, पेसागत महासङ्घका अध्यक्ष प्रेमल खनाल, अखिल किसान महासङ्घका अध्यक्ष बलराम बास्कोटा, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठलगायतले सम्झौतामा रहेका केही प्रावधान संशोधनको नगरिकन संसद्बाट अनुमोदन गरिएमा पार्टी गठबन्धनबाट अलग हुनुपर्ने माग गरेका थिए । समाजवादी प्रेस सङ्गठनको सचिवालय बैठकले एमसीसीका केही बुँदा संशोधनका लागि दबाब सिर्जना गर्ने उद्देश्यले संस्थापक सदस्य, प्रदेश कमिटी, जिल्ला कमिटीलाई सहयोग गर्न परिपत्र गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्