
नेपाल बार एशोसिएसनले आफ्नो आन्दोलनलाई जारी राखेको छ । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नाराजुलुस भने नगर्ने बारले निर्णय गरेको छ ।
नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलका अनुसार प्रधानन्यायाधीश राणा पदच्युत नभएसम्म बारले आन्दोलन जारी नै राख्ने तर नारा जुलुस नभने नगर्ने निर्णय भएको हो ।
'यसअघि उनी सर्वोच्च अदालत आइनै रहेका थिए, त्यसकारण पनि उनको राजीनामा, पदच्युतलगायतको माग गर्दै हामीले सर्वोच्च परिसरमा उनी विरुद्ध नाराबाजी गर्दै आएका थियौं,' पौडेलले लोकान्तरसँग भने, 'तर उनीविरुद्ध अब संसदमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेपछि उनी सर्वोच्च नआउने भएकाले उनी विरुद्ध नाराबाजी तथा जुलुस नगर्ने निर्णय भएको हो ।'
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयनका लागि समेत बारले पहल गर्ने उनले बताए ।