०६ असार २०८३, शनिबार

ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागमा सादा पोशाकका प्रहरी परिचालन

ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागमा सादा पोशाकका प्रहरी परिचालन

वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा ७ सदस्यीय प्रहरी टोली परिचालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

उनका अनुसार मंगलवार बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको छ । विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ ।

केहीअघि भ्रमण भिसामा गएर मानिस ठगिएको गुनासो आएपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो । यसलाई समेत टोलीले निगरानी गर्नेछ ।

टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्नेसम्मको अधिकार दिइएको छ । हाल टोली सादा पोशाकमा रहेको र आवश्यकता अनुसार परिचालन हुने ब्यूरोले जनाएको छ ।

वैदेशिक रोजगार ऐनमा यससम्बन्धी उजुरी प्रहरीले लिन सक्ने व्यवस्था छ । सोही अनुसार गृह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा ब्यूरोबाट प्रहरी टोली पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्