११ असार २०८३, बिहीबार

विभिन्न ठाउँमा भएको दुर्घटनामा ५ जनाको मृत्यु

विभिन्न ठाउँमा भएको दुर्घटनामा ५ जनाको मृत्यु

देशका  विभिन्न ठाउँमा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । 

भक्तपुर, भक्तपुर नगरपालिका-९ च्यामासिंह चोक नजिक बा.३ ख ४७६५ नम्बरको बस र बा.६१ प ६६१८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा  एक जनाको मृत्यु भएको छ । 

सोमवार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही नगरपालिका-१० कमलविनायक बस्ने दोलखा तामाकोसी गाउँपालिका-१ भीरकोटकाका ३४ वर्षीय देबेन्द्र कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतलमा उपचार भइरहेको छ । 

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दाङ, राप्ती गाउँपालिका-१ पाखापानीस्थित सडकमा रा.१ क १२८६ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीया डिला पौडेलको मंगलवार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका बिषयलाई लिएर मृतकका आफन्तले सोही स्थानमा बाटो अवरोध गरेकोमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको जनाएको छ । 

सप्तरी, डाक्नेश्वरी नगरपालिका-९ महुकीस्थित सडकमा स.१ त ६१०८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार छिन्नमस्ता गाउँपालिका-३ बस्ने २७ वर्षीय सन्तोष सदाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका चालकसमेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

रुपन्देही, बुटवल उपमहानगरपालिका-१२ मिलन पार्क नजिक सडकमा लु.६० प ३६५२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलवार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा गैडहवा गाउँपालिका-९ हात्तीबजार बस्ने २० वर्षीय प्रेम रुचाल र सोही ठाउँ बस्ने २० वर्षीय राउल थापा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्