१३ साउन २०८३, बुधबार
कांग्रेस बैठक

म्याद सकिएका कांग्रेस भ्रातृ संगठन विघटन, फागुनभित्र तदर्थ समिति बन्ने

म्याद सकिएका कांग्रेस भ्रातृ संगठन विघटन, फागुनभित्र तदर्थ समिति बन्ने
फाइल फोटो

नेपाली कांग्रेसले म्याद सम्पन्न भएका सबै भ्रातृ संगठनलाई विघटन गर्ने निर्णय गरेको छ ।

म्याद सम्पन्न भएका भ्रातृ संगठनमा फागुन मसान्तभित्र पार्टी सभापतिले तदर्थ समिति गठन गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ, तामाङ संघ, तरुण दल, ठाकुर संघ आदिको म्याद सकिएकाले केन्द्रीय कार्यसम्पादन समितिको मंगलवारको बैठकले तत्कालका लागि विघटन गरेको महतले बताए ।

त्यसैगरी दलित संघको जिल्ला अधिवेशन सम्पन्न भएकाले आगामी चैत ७ देखि ९ सम्म अधिवेशन हुने गरी तयारी गर्न निर्देशन दिने निर्णय पनि भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्