
अमेरिकाकी २२ वर्षीया युवती शाउन रेको शारीरिक विकास उमेर अनुसार हुन सकेको छैन । उनी ८ वर्षीया बालिका जस्तै देखिन्छिन् ।
द सनमा प्रकाशित रिपोर्टअनुसार उनी ६ वर्षकी हुँदा दुर्लभ खालको मस्तिष्क क्यान्सर भएको थियो । त्यसपछि उनको किमोथेरापी भयो ।
थेरापीले क्यान्सर निको भए पनि पिट्युटरी ग्ल्यान्डमा असर देखियो । जसले गर्दा उनको बृद्धिविकास रोकियो ।
उनी १६ वर्षकी हुँदा शारीरिक विकास रोकिएको थाहा भएको हो । उनको लम्बाई ३ फिट १० इन्च छ ।