
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपाल प्रमुखमा अकिमुत्सो अकिबुलाई नियुक्त गरेको छ ।
यसअघिका प्रमुख युमिको आसाकुमाको कार्यकाल पूरा हुने बित्तिकै अकिबुलाई नेपाल प्रमुखमा नियुक्त गरिएको जाइकाद्वारा मंगलवार जारी विज्ञप्तिमा जनाइएको छ ।
यसअघि अकिबु जाइकाकै टोकियोस्थित प्रधान कार्यालयमा वरिष्ठ प्रतिनिधिका रूपमा कार्यरत थिए ।
सन् २०२१ देखि जाइका प्रवेश गरेका उनले नियोगका विभिन्न विभागमा रहेर काम गर्नुका साथै भुटान, म्यान्मा, कम्बोडियास्थित जाइकाको कार्यालयमा प्रमुखको भूमिका समेत निर्वाह गरिसकेका विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा जाइका प्रमुख हुन पाएकामा खुसी व्यक्त गर्दै अकिबुले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति र विकासमा सहयोग गर्दै जाइकाको मूल नारा ‘विश्वलाई विश्वासका साथ नेतृत्व’लाई प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।