![एमसीसीविरुद्ध बानेश्वरमा सत्तारुढ माओवादीको प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/protest_mcc_1_RbOWMH7kdQ.jpg)
एमसीसीविरुद्ध सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले बानेश्वरमा विरोध प्रदर्शन गरेको छ । संसदमा एमसीसी टेबुल गर्न नहुने भन्दै अखिल (क्रान्तिकारी), वाईसीएललगायतले प्रदर्शन गरिरहेका हुन् ।
उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रघाती दलालहरू होसियार भन्दै नाराबाजी गरेका थिए ।
सरकारले आज संसदमा एमसीसी टेबुल गर्ने तयारी गरेको थियो । त्यसकै विरोधमा प्रदर्शन गरिएको हो ।
यद्यपि आज संसदमा एमसीसी टेबुल नहुने भएको छ ।








