१२ असार २०८३, शुक्रबार

सर्वाधिक हवाई टिकट बुकिङ गर्ने २ जोडीले पाए चन्द्रागिरीमा आकर्षक प्याकेज

सर्वाधिक हवाई टिकट बुकिङ गर्ने २ जोडीले पाए चन्द्रागिरीमा आकर्षक प्याकेज

‘आइएमई पे’ले प्रणय दिवसको अवसरमा ल्याइएको अफर अन्तर्गत हवाई टिकट बुकिङ्ग गर्ने २ जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल भएका छन् । 

क्याम्पियन अवधि ४ फेब्रुअरी देखि १२ फेब्रुअरी २०२२ सम्म रहेकोे थियो भने सोही विजेताहरुको घोषणा लक्की ड्र मार्फत गरिएको छ ।

आइएमई पे मार्फत हवाई टिकट बुकिङ्ग गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्न सफल सेवाग्राहीहरु काठमाडौँका दिनेश कुमार निरौला र दुर्गा गुरुङ्गलाई पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा राखिएको एक विशेष कार्यक्रममा टिकट हस्तान्तरण गरिएको छ ।

सोही प्याकेजमा दुई जोडीलाई चन्द्रागिरी रिसोर्टको डिलक्स रुम, चन्द्रागिरी केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनर को एक्स्क्लुसिभ अफर रहेको छ । 

उक्त अवसरमा बोल्दै आईएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटाले विगत केही वर्ष देखि आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा सर्वाधिक क्यासव्याक  (रु. ६००/– सम्मको) रहेको जानकारी दिए । 

 
 

salt training

कमेन्ट गर्नुहोस्