०२ साउन २०८३, शनिबार

तीनवटा शोक प्रस्ताव पारित गरेर संसद बैठक शुक्रवारसम्मका लागि स्थगित

तीनवटा शोक प्रस्ताव पारित गरेर संसद बैठक शुक्रवारसम्मका लागि स्थगित

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल गर्ने विषयमा सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक तीनवटा शोक प्रस्ताव पारित गरेर फागुन ६ गतेसम्मको लागि स्थगित भएको छ । बुधवार बसेको बैठकले तीनजना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको हो । 

नेपाली कांग्रेसको तर्फबाट तत्कालीन संविधान सभाका सदस्य जगतबहादुर ताजपुरिया तथा २०५८ सालमा राष्टिय सभामा एमालेको तर्फबाट निर्वाचित सांसद लक्ष्मीदास मानन्धर र २०७० सालको संविधान सभामा एमालेबाट सभासद निर्वाचित डा. दुमनसिंह थापाको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिएको हो ।  

त्यसअघि बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानून न्याय तथा संसदीय व्यबस्था मन्त्री दीलेन्द्र बडूले एमसीसी टेबुल गर्न औपचारिक प्रस्ताव गरेका थिए । कार्यव्यवस्थामा सहमति जुट्न नसकेपछि कार्यसूचीमा एमसीसी समावेश हुन सकेको थिएन । 

विगतमा जस्तै बुधवारको बैठकमा एमालेले पार्टीले कार्वाही गरेका माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नाराबाजी गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गतेका लागि बोलाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्