
इमर्जिङ नेपालको प्राथमिक शेयर निष्कासन (आइपीओ) बाँडफाँट भएको छ ।
आइपीओमा आवेदन दिएका २३ लाख ३१ हजार २५८ आवेदनकमध्ये जम्मा ५१ हजार ६७९ आवेदकलाई मात्रै आइपीओ परेको छ । यसमध्ये ८ जनालाई ११ कित्ताका र बाँकीलाई १० कित्ताका दरले आइपीओ बाँडफाँट भएको छ ।
यो कम्पनीको शेयर बिक्री बन्द भएको ३ दिनमै बाँडफाँट गर्न सकिएको इममिर्जङ नेपालका लिमिटेका बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ । यसको शेयरमा आवेदन दिएकामध्ये २३ लाख २८ हजार ७०६ जनाको आवेदन सदर भएको र सोही आवदेकलाई गोला प्रथामा सामेल गरिएको थियो ।
यो कम्पनीले २६ माघ देखि १ फगुनसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको थियो । ११ हजार ११२ कित्ता सेयर कर्मचारी, २७ हजार ७८० कित्ता म्युचुअल फन्ड र बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
साथै बाँडफाँडको नतिजा यस क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेभसाइट www.iporesult.cdsc.com.np/meroshare.cdsc.com.np बाट प्राप्त गर्न सकिने छ।