
मेष
अरूलाई वचन दिने बानीले दु:ख पाइने छ । दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला ।
वृष
प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ ।
मिथुन
आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कालो हो भने कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट
अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले मन खिन्न रहने छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।
सिंह
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् ।
कन्या
सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । धैर्य र संयमताका साथ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।
तुला
अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ ।
वृश्चिक
परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
धनु
महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्य लाभ भइरहनेछ ।
मकर
आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि लागि गणेश जीलाई सम्झनु होला ।
कुम्भ
व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइलेखाइमा समय दिन नसकिएला ।
मीन
अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरू दुख देलान् । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)