
आगामी वैशाख ३० का लागि तय भएको स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता सुरु हुने भएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने बताए ।
सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ ।