२५ जेठ २०८३, सोमबार

३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्दै धौलागिरी लघुवित्त

३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्दै धौलागिरी लघुवित्त

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।

यसले ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो । आईपीओ बिक्रीका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता फागुन ४ गते बुधबार सम्पन्न भएको छ ।

सम्झौतामा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो ।

प्रधान कार्यालय बागलुङ जिल्लाको बागलुङ नगरपालिका वार्ड नं. २, श्री नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४ हजार ५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्