०५ साउन २०८३, मंगलबार

एमसीसीको पक्षमा बोलेको भन्दै विश्लेषक अरुण सुवेदीलाई ज्यान मार्ने धम्की

एमसीसीको पक्षमा बोलेको भन्दै विश्लेषक अरुण सुवेदीलाई ज्यान मार्ने धम्की

राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले आफूलाई निरन्तर धम्की आउन थालेको बताएका छन् ।

एमसीसीको पक्षमा बोलेको भन्दै फोनमार्फत् ज्यान मार्नेसम्मका धम्की निरन्तर आइरहेको सुवेदीले बताए ।

'पछिल्लो समय अन नन् नम्बरहरूबाट निरन्तर फोन गरेर ज्यान मार्ने, कुटपिट गर्ने तथा देखाइदिन्छौं भन्ने धम्कीहरू आइरहेको छ,' सुवेदीले लोकान्तरसँग भने ।

उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी गरेको पनि बताए ।

सुवेदीले एमसीसी सम्झौता नेपालको हितमा रहेको भन्दै यसलाई संसदबाट अनुमोदनका लागि निरन्तर पैरवी गर्दै आएका छन् । 

उनी भूराजनीतिक विषयमा बोल्ने खरो विश्लेषकका रूपमा परिचित छन् ।

salt training

कमेन्ट गर्नुहोस्