×

NMB BANK
NIC ASIA

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण गरिँदै

फागुन ५, २०७८

NTC
Premier Steels

बोस्टन, अमेरिका

Muktinath Bank

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज( अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको 'अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार-२०२१' शनिवार एक समारोह बीच सर्जकहरूलाई समर्पण गरिने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनेसास  बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिको आयोजनामा हुने यो कार्यक्रममा ११ जना सर्जक पुरस्कृत हुनेछन् ।


Advertisment
Nabil box
Kumari

अनेसासले सन् २००३ देखि हरेक दुई-दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको महामारीका कारण यसपटक जुमका माध्यमबाट आयोजना गर्न लागिएको हो ।

Vianet communication

नेपाली भाषामा सन् २०१९ जनवरी १ देखि सन् २०२० डिसेम्बर ३१ भित्रमा प्रकाशित विभिन्न विधाका पुस्तकहरू पुरस्कारका लागि छनोट भएका थिए ।

यसपटक पुरस्कृत हुनेहरूमा 'मैदारो' उपन्यासका लागि  भूपिन खड्का-(अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार,२१सय डलर), ‘आमा किरणहरुकी छालमा’ र ‘वीर्य जमिन’  कृतिका लागि क्रमशः गीता कार्की र बादलदेवी चामलिङ -(अनेसास माधव घिमिरे काव्य पुरस्कार, दुई हजार डलर , संयुक्त रुपमा ), ‘वासदेखि पुनर्वाससम्म’ कृतिका लागि डा. लक्ष्मीनारायण ढकाल -(होमनाथ सुवेदी डायस्पोरा वाङ्मय पुरस्कार, १२ सय डलर) , 'लेखककी छोरी’ कृतिका लागि जे. एन. दाहाल- (अनेसास सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार, ११ सय अमेरिकी डलर),

 ‘पत्थरको देवता’ कृतिका लागि विद्याप्रसाद घिमिरे -(अनेसास सर्वोत्कृष्ट निबन्ध पुरस्कार, एकहजार डलर ), ‘निर्वेद’ कृतिका लागि शैलैन्द्र अधिकारी-( अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार, एक हजार अमेरिकी डलर),

‘मरीचिका’ कृतिका लागि महेश थापा- (अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार, एक हजार डलर ) , ‘घोराहीको थारु प्रदर्शनकारी कला’ कृतिका लागि डा. गोविन्द आचार्य र अशोक थारु-(अनेसास सर्वोत्कृष्ट समालोचना-दर्शन-संस्कृति पुरस्कार, एकहजार डलर,  संयुक्त रुपमा) र ‘युगको सङघार’ कृतिका लागि टीका ‘आत्रेय’ पौड्याल-( अनेसास सर्वोत्कृष्ट गीत गजल हाइकू मुक्तक पुरस्कार ,पाँचसय डलर) रहेका छन् ।

कार्यक्रममा विभिन्न सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x