२३ जेठ २०८३, शनिबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ५८ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ५८ विद्यालय छनोट
प्रतिकात्मक तस्वीर

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रेका ५८ विद्यालय छनोट भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अध्यक्षतामा यसै हप्ताको बैठकले कार्यक्रममा देशभरका ४ हजार १५७ मध्ये जिल्लाको ५८ विद्यालय छनोटमा परेको हुन् । 

छनोट गरिएकामा पनि १३ स्थानीय तहमध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा ९ विद्यालय परेका छन् । शिक्षा मन्त्रालयका अनुसार अन्य स्थानीय तहमा बनेपा नपामा ८, धुलिखेल नपामा ५, पनौती नपामा ५, नमोबुद्ध नपामा ३, पाँचखाल नपामा ३ तथा बेथानचोक गाउँपालिकामा ४, भुम्लुमा २, खानीखोलामा ३, रोशीमा ३, चौंरीदेउरालीमा ५ र तेमालमा ७ विद्यालय छनोटमा परेका हुन् ।

काभ्रेपलाञ्चोकमा ५०० भन्दा बढी विद्यालय छन् । 

छनोटमा परेका विद्यालयमा एक कम्प्युटर ल्याब, एक बाली विज्ञान, एक कम्प्युटर विज्ञान लगायत आईसीटी ल्याब व्यवस्थापन गरिने जनाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार कार्यक्रमअन्र्तत बागमती प्रदेशका १४ जिल्लामा भने विद्यालय भवन निर्माणका लागि हाल बजेट विनियोजन गरिएको छैन । 

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ७ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ रकम छुट्याएको छ । मन्त्रालयका अनुसार कार्यक्रमका लागि देशरभरका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले भवन निर्माण, आईसीटी ल्याब तथा प्राविधिक विद्यालय व्यवस्थापन र घेराबार गरी खेलमैदान निर्माणका लागि प्रस्ताव पठाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्