काठमडाौं, १८ पुस– आज दिउँसो १ बजे बोलाइएको संसद बैठक विपक्षीले अवरोध गरे एक देखि दुई घण्टासम्म स्थगित गरेर पुनः अर्को बैठक बोलाउने र त्यही बीचको समयमा दलका नेताहरुसँग छलफल गर्ने सभामुख ओनसरी घर्तीको योजना रहेको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

ती छलफलमा सभामुखले विषयबस्तुमा सहमति हुन नसके प्रक्रियामा सहमति खोज्न प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई आग्रह गर्नेछिन् ।
‘पटक पटक बैठक र छलफल गरेर संसदभित्रैबाट सहमति खोज्न सभामुखले यसअघि नै आग्रह गरिसक्नु भएको छ’, घर्तीका प्रेस सहयोगी बबिन शर्माले भने, ‘संसदमै छलफल गरेर सहमतिमा पुगौं, संसद चलाऔं भन्ने उहाँको आग्रह हुनेछ ।’