०५ साउन २०८३, मंगलबार

फूटबलमा मनाङलाई हराउँदै एपीएफ विजयी

फूटबलमा मनाङलाई हराउँदै एपीएफ विजयी

शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

एपीएफलाई जीत दिलाउन आशिष लामा, मनिकुमार लामा र नवीन लामाले १/१ गोल गरे ।

मनाङका लागि भने अन्जन विष्टले एक गोल फर्काए । शुरूआती १ गोलको अग्रता उल्ट्याएर एपीएफले जीत निकालेको हो । खेलको ३७औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई शुरूआती अग्रता दिलाएका थिए ।

मनाङको १ शून्यको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४०औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई १–१ को बराबरीमा ल्याए ।

खेलको ८१औं मिनेटमा मनिले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८६औं मिनेटमा कप्तान नवीनले गोल गर्दै एपीएफलाई ३–१ को जीत दिलाए ।

यस जीतसँगै एपीएफले ११ खेलमा १४ अंक जोडेको छ । एपीएफ अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । हारसँगै मनाङले ११ खेलमा २० अंक जोडेको छ । मनाङ अंक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।

कमेन्ट गर्नुहोस्