०९ असार २०८३, मंगलबार

प्रजातन्त्र दिवसमा टेलिकमले भोल्टी कल निशुल्क दिने

प्रजातन्त्र दिवसमा टेलिकमले भोल्टी कल निशुल्क दिने

७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ ।

शनिवार (भोलि) टेलिकमले सो सुविधा दिन लागेको हो । 

यस्तै एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । सो अफर भोलि एक दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ । । 

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ । 

साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्