०६ साउन २०८३, बुधबार

२४ घण्टामा थपिए ४३७ संक्रमित, २ जनाको मृत्यु

२४ घण्टामा थपिए ४३७ संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१ नमूना परीक्षणमध्ये २७५ पीसीआर र १६२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार थप २४५४ जना संक्रमणमुक्त भएका छन् । 

हाल मुलुकभर १४ हजार ४३५ सक्रिय संक्रमित छन् ।

कमेन्ट गर्नुहोस्